सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्छ : गगन थापा

काठमाडाैं | फागुन १६, २०७९

सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्छ : गगन थापा

काठमाडौँ:  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही ढिला गरेर भए पनि चुनावमा व्यक्त भएको जनमतअनुसारको सरकार बन्न लागेकाले आशा जागेको बताएका छन् । उनले केन्द्र र सातै प्रदेशमा कांग्रेससहित आठ दलको गठबन्धनको सरकार बन्ने भन्दै अब छिटोभन्दा छिटो सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्ने बताए ।

 

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै महामन्त्री थापाले अब सबै दलहरू गठबन्धनमा भएको सहमतिअनुरुप इमानदार भएर अघि बढ्नुपर्ने बताए ।

 

‘हामीले चुनावमा गर्न नमिल्ने गठबन्धन गर्‍यौँ, धेरैले असहमति पनि जनाउनुभयो । तैपनि कलममा भोट हाल्ने साथीहरूले रुखमा भोट हाल्नुभयो, रुखमा भोट हाल्नुपर्ने मैले कलममा पनि भोट हालेँ, फरक-फरक उद्देश्य भएका दलले गठबन्धन गरे पनि स्थायी सरकार दिन्छौँ, पाँच वर्षसम्म यो-यो काम गर्छौं भनेर जनताको बीचमा वाचा गर्‍यौँ,’ थापाले अघि भने, ‘त्यहीअनुसार चुनावमा जनमत व्यक्त भयो, तर पुस १० मा देशमा दुर्घटना भयो । हामीले चुनावमा गरेको वाचामा कायम रहेनौँ । अहिले ढिलो भए पनि हामी निर्वाचनका बेलाको गठबन्धनलाई एक ठाउँमा उभ्याउन सफल भएका छौँ ।’

 

उनले अबको गठबन्धन सरकारलाई काम गर्ने र जनताको अपेक्षाअनुसारको प्रतिफल दिनुको विकल्प नरहेको बताए । ‘जे भएको छ, त्यो हुनैपर्ने थियो । तर अब अगाडिको बाटोचाहिँ सजिलो छैन,’ उनले भने, ‘काम, काम र काम । र कामले परिणाम । अब हामीसँग ५/६ महिनामात्रै छ, त्यो अवधिमा हामीले जनतालाई हिजोभन्दा राम्रो गर्दै छौँ भनेर सन्देश दिन सकेनौँ भने फेरि अप्ठ्यारो आइहाल्छ । हामीले समय लगाएर भए पनि भरोसा गर्न सक्ने आधार दिनुपर्ने हुन्छ ।’

 

उनले सरकारले संख्यामा मात्रै बलियो भएर नहुने बताए । ‘अब संघमा र प्रदेशमा हाम्रो गठबन्धनको सरकार हुन्छ । स्थानीय तहमा हाम्रो सरकार छ,’ उनले भने, ‘तर यो हुनुको अर्थ तब हुन्छ, जब जनताले सरकार हुनुको अर्थ महसुस गर्न थाल्नेछन् । नभए हामीसँग संख्या त रहला, तर जनताको साथ रहँदैन । जनताको साथ नभएपछि फेरि प्रश्न गर्नेहरू नै माथि पर्नेछन् ।’

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्